काठमडौं । सरकारले संसदको हिउँदे अधिवेशन यही माघ १८गते बोलाउने तयारी गरेको छ ।
संसदको विधेयक अधिवेशन बोलाउने विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले सदन बोलाउने सरकारको तयारीबारे चासो राख्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आजै बस्ने मन्त्रिपरिषद्को बैठकले माघ १८ मा बोलाउने गरि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको जानकारी दिनुभएको बालुवाटार श्रोतले जनाएको छ ।
संसद सचिवालयका अनुसार अधिवेशन आव्हानको सिफारिस गर्नु अगाडि सदनका विजनेस लगायतका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको हो ।
सरकारले सदनलाई छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको भन्दै विपक्षीहरुले विशेष अधिवेशनको समेत माग गरिरहेको समयमा सरकारले अधिवेशन आव्हान गर्ने तयारी गरेको हो ।