कहिले तयार हुन्छ ग्वार्को फ्लाइओभर ?

माघ ६, २०८१ |विकास आचार्य
कहिले तयार हुन्छ ग्वार्को फ्लाइओभर ?

काठमाडौं । ठेक्का हातपार्ने तर, अनेक बहाना बनाएर समयमै काम नसक्ने प्रवृत्ति मौलाएको छ नेपालमा । त्यसमध्येको एक हो ग्वार्को फ्लाइओभर, जसको निर्माणमा ढिलाइ हुँदा दैनिक हजारौं सर्वसाधारणले हैरानी ब्यहोर्नु परेको छ । 

सम्झौता अनुसार गत वर्ष फागुनमै फ्लाइओभर बनिसक्नु पर्ने हो । तर, निर्माण कम्पनी आशीष-समानान्तर-रेलिगेर जेभीले थपिएको ८ महिना अर्थात पुस मसान्तसम्ममा पनि काम सकेन । अहिले भने सरकारले कम्पनीलाई जरिवाना तिराएर भए पनि काम लगाउन थालेको छ । ठेकेदार कम्पनीले औसतमा ठेक्का रकमको दैनिक करिब शून्य दशमलब शून्य पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ ।

विकास आचार्य र पशुपति बुढाथोकीको स्थलगत भिडियो रिपोर्ट हेर्नुहोसः 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement