स्वास्थ्य बिमा सुधारको कार्ययोजना एकसाता भित्र बनाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

माघ ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बिमा सुधारको कार्ययोजना एकसाता भित्र बनाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा चाँडै सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

कार्यदलको प्रतिवेदन र सुझावबारे आज बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुभयो । उहाँले कार्यदलको सुझावअनुसार बिमा कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहितको टोलीले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेको थियो । हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब भुक्तानी बाँकी रहेको छ ।

यस कार्यक्रममा कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएका छन्, तीमध्ये ४८ प्रतिशतले सेवा लिएको तथ्यांक छ । कार्यदलले सबै नागरिकलाई बिमा कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान सुझाव दिएको छ । कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement