छविलाल जोशीलाई हिरासतमा राख्न अदालतको आदेश

माघ ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
छविलाल जोशीलाई हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुछिएका गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई हिसासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । आज बिहान काठमाडौं जिल्ला अदालतमा बयानका लागि पुग्नुभएका जोशीको बयान नसकिएपछि अदालतले जोशीलाई हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको हो ।

गत पुस २५ गते कास्की जिल्ला अदालतको आदेशबाट पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उहाँ ८८ लाख धरौटीमा रिहा भएका हुनुभएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको समेत मुद्दा भएकाले आफैं अदालत हुने शर्तमा रिहा भएका जोशी यसबीच अदालतमा उपस्थित हुनुभएको थिएन । तोकिएको समयमा अदालत उपस्थित नभएपछि उहाँ कानुनको नजरमा फरार प्रतिवादी देखिनुभएको थियो ।

स्वर्णलक्ष्मी सहकारीकै रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटीमा रिहा समेत भइसक्दा पनि जोशी सम्पर्कविहीन हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement