सुप्रिम सहकारीको रकम हिनामिना प्रकरण : मुद्दा दर्ताका लागि अदालतमा पेश

माघ ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुप्रिम सहकारीको रकम हिनामिना प्रकरण : मुद्दा दर्ताका लागि अदालतमा पेश

रूपन्देही । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी पूरक अभियोजनको मुद्दा दर्ताका लागि रूपन्देही जिल्ला अदालतमा पेश गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो करिब १ बजेतिर २२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरेको हो । अदालतमा फाइल र प्रमाणहरू पेश गर्ने कार्य भइरहेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, छविलाल जोशी लगायतका १४ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । यसअघि गएको बिहीबार थप अभियोजन अन्तर्गत १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि अदालत पेश भएको थियो । उक्त मुद्दा समेत रूजु गर्ने काम नसकिएकाले दर्ता भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement