‘संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँ उभिनुपर्छ’

माघ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँ उभिनुपर्छ’

काठमाडौं । संसदको प्रभावकारीता बढाउन सबै दल एकठाउँमा उभिएर काम गर्नुपर्ने निष्कर्ष मुख्य चार दलका प्रमुख सचेतकको बैठकले निकालेको छ ।

सिंहदरबारमा आज बसेको प्रमुख सचेतकको बैठकले संसदमा विधेयक अघि बढाउन समन्वयकारी भूमिका खेल्ने निर्णय गरेको हो। विधेयकहरू छिटो-छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भुमिका खेल्ने प्रमुख सचेतकहरुबीच सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement