साइकलयात्रीको झोलामा स्रोत नखुलेको १५ लाख ७० हजार

माघ ४, २०८१ |मनोज पौडेल
साइकलयात्रीको झोलामा स्रोत नखुलेको १५ लाख ७० हजार

कपिलवस्तु । भैरहवा–तौलिहवा सडकखण्डस्थित मायादेवी गाउँपालिका–६, डुमरा चोक नजिकै बिहीबार साँझ साइकलयात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७, हरनामपुरका ३० वर्षे निरजकुमार मिश्रालाई पश्चिमबाट डुमरा चोक आउँदै गर्दा नगद सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।

झोलामा एक हजार दरका ८९० वटा, पाँच सय दरका एक हजार ३२० वटा, सय दरका १८० वटा र पचास दरका ४० वटा नोट रहेको प्रहरीले जनाएको छ । मिश्राले चलाएर आइरहेको साइकलमा झुन्ड्याएको कालो झोलामा लुकाएर राखेको अवस्थामा रकम बरामद गरिएको थियो ।

पक्राउ परेका मिश्रा प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement