बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पतालमा शल्यक्रिया हुँदै

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पतालमा शल्यक्रिया हुँदै

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उहाँमाथि हमला भएको हो ।

खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उहाँलाई लीलावती अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा हाल उहाँको शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।

घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement