देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सवमा आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताउनुभयो । 

उहाँले निजी सवारी साधन मात्रै नभएर यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको र यो ठूलो परिवर्तन भएको बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रवर्द्धन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने र यसका लागि देशभर विद्युतीय चार्जिङ स्टेशनहरू बनाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरू बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियत सहित प्रोत्साहन गरेका छौं । अहिले ६ सयभन्दा बढी चार्जिङ स्टेशनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । ५ सय चार्जिङ स्टेशनहरूका लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement