काठमाडौं । जंगली जनावरको आक्रमणबाट पाँच महिनामै ८३ जनाको मृत्यु भएको छ । सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट पाँच महिनाभित्रै उनीहरूको मृत्यु भएको हो ।
नेपाल प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु हुँदा ५९९ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५४३ जना घाइते भएका छन् । २३६ जनाको प्रहरीले उद्धार गरेको छ ।
त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु हुँदा १४ जना घाइते भएका छन् । बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।
त्यस्तै गैंडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनालाई प्रहरीले उद्धार गरेको छ । भालुको आक्रमणबाट १५ जना घाइते हुँदा दुई जनाको प्रहरीले उद्धार गरेको छ । जनावरको आक्रमणमा परेकाहरुको उद्धार र उपचारका लागि एक हजार ८३५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।