सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने तर्फको बहस सकियो

पुस २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने तर्फको बहस सकियो

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको तर्फबाट बहस सकिएको छ । 

कास्की जिल्ला अदालतका न्यायधीश नीतिज राईको इजालासमा हिजोदेखि चलेको लामिछानेतर्फको थुनछेक बहस आज सकिएको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेका तर्फबाट दुई दिनमा १३ जना कानुन व्यवसायीले बहस गरे । आजै प्रतिवादी रामबहादुर खनालका तर्फबाट बहस सुरु गरिएको छ । 

भोलि प्रतिवादीहरू मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङको तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायधीश राईबाट प्रतिवादीहरूलाई थुनामै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश आउनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगीको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement