काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने महाशाखाले जनाएको छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
आज राति मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।