करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

पुस १२, २०८१ |हरिश्चन्द्र बाग
करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा करेन्ट लागेर कैलालीको लम्की घर भई महेन्द्रनगरमा मजदूरी गर्दै आएकी २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनलाई सरिया उठाउने क्रममा हाइ-टेन्सन लाइनमा छोइँदा करेन्ट लागेको थियो । घाइते कठरीयाको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement