नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका कर्मचारीको आन्दोलन, उपचार सेवा प्रभावित

सरकारी सरहको तलब भत्ता माग
पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका कर्मचारीको आन्दोलन, उपचार सेवा प्रभावित

नेपालगन्ज । लर्ड बुद्ध एजुकेसनल एकेडेमी अन्तर्गतका नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालसँगै चिसापानी कलेजमा कार्यरत सम्पूर्ण कर्मचारीहरू सरकारी सरहको तलब भत्ता माग गदै आन्दोलनमा उत्रिएका छन् ।

७ बुँदे माग राखेर आन्दोलन उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ । ६ महिनाअघि नै ज्ञापनपत्रमार्फत माग राखेका कर्मचारीले सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । तर शिक्षण अस्पताल प्रशासनले कमर्चारीको मागको सुनुवइ गरेको छैन ।

कर्मचारीले दुई दिनअघि नेपालगन्ज पुग्नु भएका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पनि ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा स्वास्थ्यमन्त्री पौडेलले माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभएको थियो । तर कर्मचारी र मेडिकल कलेज व्यवस्थापनबीच अझै वार्ता हुनसकेको छैन ।

नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरी लर्ड बुद्ध एजुकेसनल एकेडेमीमा झन्डै एक हजार पाँच सय कर्मचारी छन् । १५ दिनदेखि सबै विरोधमा उत्रेका छन् । कर्मचारी आन्दोलनलाई चिकित्सहरूले समेत साथ दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement