हेटौंडा । गैंडाको खाग तस्करीको आशंकामा एक पुरुषलाई नियन्त्रणमा लिन नेपाली सेनाको कोलकमान्डो हतियारबाट ५ राउन्ड हवाई फायर भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित खुला चौरमा रहेका पुरुषलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटा सहितको टोलीले हवाई फायर गरेको हो ।
गैडाको खाँग तस्करी गर्ने व्यक्तिलाई खोज्दै जाने क्रममा टोली हेटौंडा आईपुगेको हो । पक्राउ परेका व्यक्तीलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।