सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ ।

काठमाडौंमा आज गरिएको एक कार्यक्रममा गृहमन्त्री लेखकले सरकार र समुदायबीच सहकार्यले मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कानुनहरु बलियो भए पनि कार्यान्वयन कमजोर रहेको स्वीकार गर्नुभयो ।

मन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश, जिल्ला र पालिकास्तरका संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । विज्ञहरु डा. राजु थापा,  सूर्यबहादुर थापा लगायतले भने पूर्वसूचना प्रणालीलाई बलियो बनाउन सके विपदबाट हुने क्षति कम गर्न सहयोग पुग्ने बताए।

जलवायु परिवर्तनको असरले विपदको क्षति झन् बढ्दै गएको भन्दै विज्ञहरुले कानुन कार्यान्वयन र परिमार्जनामा पनि जोडदिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement