शालिग्राम संग्रहालयको सौन्दर्यीकरण सुरू

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
शालिग्राम संग्रहालयको सौन्दर्यीकरण सुरू

बागलुङ । बागलुङमा निर्माण गरिएको विश्वकै एक मात्र शालिग्राम संग्राहलयको सौन्दर्यीकरणको कार्य थालिएको छ । बागलुङ नगरपालिका-४ कुँडुले फेदीस्थित रङवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट निर्माण गरिएको शालिग्राम संग्रहालयलाई थप व्यवस्थित बनाउन लागिएको हो ।

संग्राहलय अहिले धार्मिक पर्यटकीय केन्द्रको रूपमा परिचित हुँदै गएको छ । बागलुङ नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा संग्रहालयको सौन्दर्यीकरणको काम भइरहेको हो । विश्वमै कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम बिस्तारै लोप हुने अवस्थामा पुगेपछि सवा लाख शालिग्राम संग्रह गरी यस संग्रहालय निर्माण गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement