बालकोट हत्या प्रकरण : बाबु र भाइको हत्या आफैंले गरेको भन्दै मिलनले गरे प्रहरीसमक्ष आत्मसमर्पण

पुस ९, २०८१ |सुन्दर शिल्पकार
बालकोट हत्या प्रकरण : बाबु र भाइको हत्या आफैंले गरेको भन्दै मिलनले गरे प्रहरीसमक्ष आत्मसमर्पण

भक्तपुर । भक्तपुरको बालकोटमा बाबु र भाइको हत्यामा संलग्न मिलन आचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

बाबु र भाइको हत्या गरी फरार रहेका मिलनले आज बिहान प्रहरी वृत्त महाराजगञ्जमा आत्मसमपर्ण गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले जनाकारी दिनुभयो ।

आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन् । उनले बुबा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको बताएका छन्। बुबा डिप्रेसनको बिरामी भएको र भाइले पनि पठाइमा मन नलगाइ कुलतमा फसेकाले हत्या गर्नुपरेको मिलनको भनाइ छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन् ।

उनीहरुको शव सोमबार बालकोटस्थित आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फेला परेको थियो। शनिबार बेलुका खाना खाएर सँगै सुतेका तीन बाबुछोरामा दुईको हत्या हुँदा कुलप्रसाद फरार रहेपछि प्रहरीले उनीमाथि नै हत्याको शंका गरेको थियो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement