धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज सार्वजनिक बिदा

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज सार्वजनिक बिदा

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आज बुधबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको आस्थाको केन्द्र त्रिपुरासुन्दरी माई (न्वागी) मेलाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

त्रिपुरासुन्दरी माई (न्वागी) मेला पहाडी भेगमा ठूलो मेलाको रूपमा लिइन्छ । यो मेलामा घरमा भएकी देवीलाई माइती मन्दिरमा न्वागी खुवाउन ल्याउने चलन अनुरूप गाउँको मन्दिरमा रातभर पूजापाठ गरी बिहान बाजा गाजा र हतियार सहित बेंसी मन्दिरमा झार्ने चलन छ ।

मेला भर्न विभिन्न जिल्लाबाट हजारौं भक्तजन आउने गर्दछन् । मेलाको अवसर पारी विभिन्न किसिमका खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.