मकवानपुर । चुँडिएर भुइँमा लत्रिएको हाइटेन्सन लाइनको तारबाट करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ दारीमबासमा ११ हजार भोल्टको हाइटेन्सन तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको हो ।
उहाँलाई करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षीया इन्द्रमाया मगर पनि घाइते हुनु भएको छ । घरबाट मनहरितर्फ आउने क्रममा उहाँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनु भयो।