बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा–नेपालथोक खण्डमा राति सवारी सञ्चालनको रोक कायमै

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा–नेपालथोक खण्डमा राति सवारी सञ्चालनको रोक कायमै

काभ्रे । बीपी राजमार्गमा अन्तर्गत चौकिडाँडादेखि नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमनमा लगाइएको रोक तिहारमा पनि कायमै छ ।

गत असोज ३० गतेदेखि बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो । उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख विशाल तामाङले जानकारी दिनु भयो।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेँसी वर्षेखोला खण्ड काभ्रेको करिब १८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो ।  बीपी राजमार्गमा धुलिखेलदेखि भकुण्डेबेँसीसम्मको खण्डमा २४ सै घन्टा सवारीसाधन चलाउन पाइन्छ ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालन भइरहेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement