जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ‌ओली

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ‌ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असरले सबै भन्दा बढी असर नेपाललाई असर गरेको बताउनुभएको छ । शनिबार राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

' जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित हौं,' उहाँले भन्नुभयो, 'बिगार्ने हामी होइनौं ।' जलवायु परिवर्तनका बारेमा नेपालले सशक्त आवाज उठाउनेमा लिड गरेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।

समुद्री सतह बढ्नु र हिमालहरु पग्लन थाल्नु अहिलेको ठूलो समस्या भएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, ' यसको कारण कार्बन उत्सर्जन हो । यसलाई कमी गर्नुपर्छ । कार्बन उत्सर्जनमा हाम्रो भूमिका छैन । हाम्रो हिमाल जस्तो थियो त्यस्तो राख्नु पर्छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.