दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप आज बिहान तुलसीपुर उपमहानगरपालिकाको सात तले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका-५ का मनिराम बुढा र सल्यानको कमुरकोट गाउँपालिका-६ का सरोज खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.