१५ तस्बिरमा हेर्नुहोस् दशैंमा घर फर्किनेहरुको चटारो

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
१५ तस्बिरमा हेर्नुहोस् दशैंमा घर फर्किनेहरुको चटारो

काठमाडौं । दशैं आउन दुई दिन मात्र बाँकी छ ।

दशैंका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ ।

आज बिहानसम्म करिब ८ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी महासंघले जनाएको छ ।

रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ ।

टिका आउन अब दुई दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । काठमाडौंका सडकहरुमा भने बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् ।

बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.