अपडेट : धौलागिरी हिमाल आरोहण गर्ने क्रममा हराएका पाँच जना रुसी पर्यटकको शव फेला

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : धौलागिरी हिमाल आरोहण गर्ने क्रममा हराएका पाँच जना रुसी पर्यटकको शव फेला
Alexander

काठमाडौं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना रुसी पर्यटकको मृत्यु भएको छ । ८ हजार एक सय ६७ मिटर धौलागिरी प्रथम हिमाल आरोहणका क्रममा दुई दिनदेखि बेपत्ता पाँचै जना आरोहीको आज शव फेला परेको छ ।

रसियन आरोही अलेक्जान्डर डसीको, ओलेक क्रुग्लोभ, सिस्टकोभ भाल्दिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोज दिमित्रीको शव हिमाली उद्धारकर्ताले फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

असोज २० गते राति ११ बजे ८ हजार मिटर उचाइमा पुगेपछि सम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको थियो ।

१४ जना रसियन आरोही आइएम ट्रेकिङ एण्ड एक्सपीडिसन काठमाडौं मार्फत धौलागिरि आरोहणमा गएका थिए । उनीहरु मध्ये ९ जना भने सकुशल छन् । ज्यान गुमाएका पाँचै जना रुसका चर्चित पर्वतारोही भएको पर्यटन विभागका राकेश गुरुङले कान्तिपुर समाचारलाई जानकारी दिनुभयो ।

एक्सपीडिसन कम्पनीले राखेको भिडियोमा भारी हिमपात भएको र क्याम्पमा असर पुर्‍याएको देखिन्छ । धौलागिरिमा ज्यान गुमाएका आरोही अलेक्जान्डर डसीकोले खिचेको भिडियोमा धौलागिरिमा खराव मौसमले बिथोलेको देखिन्छ ।

आज बिहान खोजीका लागि गएको उद्दार टोलीले हेलिकोप्टरबाट पाँचै जना हिमालमा लडेको अवस्थामा देखेको पर्यटन विभागले जनाएको छ । गतवर्ष पनि धौलागिरी हिमाल आरोहण गर्ने क्रममा एक जना रुसी नागरिकको ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement