काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नुभएको हो ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ ।

स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि बोलाएर सम्बोधन गरिने बताउनु भयो ।

गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement