काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीबाट भएको क्षति यकिन गर्न रक्षा मन्त्रालयसँग सहयोग मागेको छ ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको यकिन गर्न र मर्मत तथा निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य बारे छलफल भएको हो ।
बीपी राजमार्ग र कान्ति लोकपथका विभिन्न खण्डमा बाढीले पुर्याएको क्षति यकिन गर्न नेपाली सेना तथा हेलिकप्टरको उपलब्धताबारे छलफल भएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो ।
विभागले क्षतिग्रस्त सबै स्थानहरुमा प्राविधिक तथा उपकरण परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ ।