काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा फेरि वर्षा हुने भएको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा भोलिदेखि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आसाम आसपासमा विकसित भएको प्रणालीले नेपालमा वर्षा हुन लागेको हो ।
शुक्रबार र शनिबारको जस्तो अविरल वर्षा नहुने भएकाले नआत्तिन महाशाखाले आग्रह गरेको छ । तर सतर्कता भने अपनाउन महाशाखाले सुझाव दिएको छ ।