काभ्रे । दुईदिन परेको अविरल बर्षाका कारण बाढीपहिरोबाट काभ्रेमा ६२ को मृत्यु भएको छ । ४ जना अझै बेपत्ता छन् ।
बाढी पहिरोका कारण काभ्रेका अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन । बीपी राजमार्गमा फसेका यात्रु र रोशी गाउँपालिकाको नार्के बजार जहाँ २६ घरहरु भत्किएको जानकारी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभएको छ ।
हालसम्म हेलीकोप्टरबाट ४५१ र अन्य माध्यमबाट ३२७४ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी बसुन्धरा खड्काले जानकारी दिनु भएको छ । बेपत्ताको खोजीकार्य जारी छ ।