कोशी ब्यारेजमाथि नै आइपुग्यो बाढी

आश्विन १२, २०८१ |आरएन विश्वास
कोशी ब्यारेजमाथि नै आइपुग्यो बाढी

सप्तरी । सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमाथि सम्म आइपुगेको छ । पानीको सतह बढेपछि पुलमाथि नै बाढी आइपुगेको हो । ब्यारेजका सबै ५६ वटै ढोका खोले पनि पानी पार नहुँदा ब्यारेजमाथि नै पानी आएको छ ।

स्थानीय प्रशासनले ब्यारेजमा सवारी साधन आवतजावतमा रोक लगाएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement