सप्तरी । तीन दिनदेखिको अविरल वर्षाका कारण तिलाठी कोईलाडी गाउँपालिकामा करिब पाँच सय घर डुबानमा परेका छन् ।
वडा नम्बर ३ सकरपुरामा ७५ घर र वडा नम्बर ४ कोइलाडीको चट्टीटोल, मुखियाटोल, मुसहर वस्ती, राम टोल गरी करिब २ सय घर डुबानमा परेका छन् ।
वडा नम्बर ५ को राम खंग टोलमा ५० घर, साह पण्डित टोलमा ३० घरm, बनरझुलामा २० घर, कुशहामा ३५ घर, टिकुलियामा ३० घर, दास टोलमा ३० घर डुबानमा परेका छन् । यसैगरी, वडा नम्बर ७ को नवटोलिया मा २५ घर डुबानमा परेका छन् ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलको नेतृत्वमा जनप्रतिनिध र विपद व्यवस्थापन अधिकृतसहितको टोलीले आज बिहानदेखि नै डुबानमा परेका गाउँहरुको अवलोकन गर्नु भएको थियो ।