अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला हुने

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला हुने

काठमाडौं । असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

सरकार र यातायात व्यवसायीबीच यातायात व्यवस्था विभागको कार्यालयमा भएको बैठकले अग्रिम टिकट बुकिङ खुलासहित १४ बटा निर्णय गरेको छ । जसमा यथासक्य अनलाइन बुकिङ खुला गर्ने, यात्रुले अनिवार्य टिकट लिनुपर्ने, यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म रुट नेपालभर लागुहुनेगरि रुट परमिट खुला गर्ने र सवारीको यान्त्रिक परिक्षण अनिवार्य गर्ने लगायत छन् ।

यता सडक विभागले पनि दसैँको समयमा सहज रुपमा सवारी आवगमन गराउने प्रतिबद्धता जनाएको छ । सडकमा खाल्डाखुल्डी र भ्वाङ परेर सवारी सञ्चालन समस्या भएपछि यातायात व्यवसायीहरुले सडक मर्मत् गर्न ताकेता मात्रै गरेनन्, १० गते भित्र सडकको मर्मत सक्ने गरी सहमति नै गरेका थिए । सोही सहमतिअनुरुप काम थालेको विभागले ५० प्रतिशत काम सकिएको दाबी गरेको छ ।

यातायातको अग्रिम टिकट बुकिङ खुला भएपनि कहाँकहाँ काउन्टर रहने भन्ने टुंगो लागेको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement