प्रधानमन्त्री ओलीले न्य‍ुयोर्कमा आयोजित 'पार्टनरसिप फर लिड फ्रि फ्युचर इभेन्ट' कार्यक्रममा सम्बोधन गर्नुहुँदै

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीले न्य‍ुयोर्कमा आयोजित 'पार्टनरसिप फर लिड फ्रि फ्युचर इभेन्ट' कार्यक्रममा सम्बोधन गर्नुहुँदै

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले यूएसआईडी एन्ड यूनीसेफद्वारा आयोजित 'पार्टनरसिप फर लिड फ्रि फ्युचर इभेन्ट' कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली आज उक्त कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो।

प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन गत ४ गते न्युयोर्क जानुभएको हो । उहाँले भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि साइडलाइन भेटवार्ता गर्नुभएको छ ।

यस्तै भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग पनि भेटवार्ता गर्नुभएको छ । 

तस्विर :प्रदीपराज वन्त


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement