चिनी आयातको प्रकृया अघि बढ्यो

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिनी आयातको प्रकृया अघि बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी आयातको प्रकृया अघि बढाएका छन् ।

बजारमा चिनी अभाव हुन नदिन मन्त्रिपरिषदले गत भदौ २३ गते साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १५/१५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको थियो ।

चिनी आयातका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोली आईतबार भारत जाँदै छ भने साल्ट ट्रेडिङले १२ दिनको सूचना जारी गर्दै टेन्डर आहृवान गरेको छ ।

साल्ट ट्रेडिङले खुला प्रतिस्पर्धामार्फत् चिनी ल्याउने तयारी गरेको छ भने खाद्यले भारत सरकारको स्वामित्वमा रहेको राष्ट्रिय सहकारी निर्यात लिमिटेड-एनसेलबाट जिटुजीमार्फत ल्याउने तयारी गरेको छ ।

सरकारले ढिला अनुमति दिएका कारण दशैंमा चिनी ल्याउन सम्भव नभए तिहार अघि ल्याउने संस्थानहरुको तयारी छ । अहिले साल्ट टेडिङ साग एक हजार मेटि्रक टन चिनीको मौज्दात रहेको छ भने खाद्यले लामो सयम देखि चिनी बेच्न सकेको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement