अरनिको राजमार्गमा दुई दिन मालवाहक सवारी चलाउन नपाइने

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अरनिको राजमार्गमा दुई दिन मालवाहक सवारी चलाउन नपाइने

काभ्रे । काभ्रेमा पर्ने अरनिको राजमार्ग अविरल वर्षाका कारण धुलिखेलदेखि पकुचा हुँदै खावा सम्मको ४ किमि क्षेत्र पहिरो र सडक हिलाम्ये हुँदा दुई दिनका लागि मालवाहक सवारी चलाउन नपाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर सूचना जारी गरेर टिपरलगायत मालवाहक सवारी साधन बन्द गर्ने जानकारी दिएको हो ।

सडककै कारण अरनिको राजमार्ग भएर यात्रा गर्ने यात्रु र स्थानीय लामो समयदेखि सास्ती खेप्न बाध्य छन् । निर्माण जिम्मेवारी पाएको संस्थाले समय सीमा नाघेर दैनिक हर्जनामै काम गर्दा समेत लगातारको बर्षाका कारण सडकको अवस्था दयनीय बनेको छ ।

पहिरोले र हिलाम्य सडकले गर्दा राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ । धुलिखेल खावा सडक स्तरोन्तीको समय सीमा सकिएको समेत ५ महिना बितिसकेको छ। गत फाल्गुन १९ मा गौरी पार्वती निर्माण सेवा प्रालिले सम्झौता बमोजिम पाएको समय सम्म सकिएको हो । गौरी पार्वतीले दैनिक ८५ हजार बराबर हर्जना तिरेर निर्माण कार्य गर्दै आएको भए पनि सडक निर्माणले भने गति लिन सकेको छैन ।

हाल सम्म ४० प्रतिशत मात्र काम सकिएको छ । सडक निर्माणमै लापरबाही गर्नाले अरनिको राजमार्गको धुलिखेल खावा ४ किमि सडकको अवस्था दयनीय भएको हो । यही चार किमि सडकमा सवारी रोकिँदा यात्रुहरु हिलाम्मे सडकमा हिडेर धुलिखेलसम्म पुग्न बाध्य छन् । यता सडककै कारण पोकुचा, थाक्ले र अन्य क्षेत्रका विधार्थी समेत सडककै कारण विधालय आवज जावत्तमा समेत समस्या झेल्दै आएको धुलिखेल-८ का वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो ।

उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरेका छन् । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक खण्ड ४ किमि सडक हिलाम्मे भएपछि सवारीहरु बीच बाटोमै रोकिने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement