काठमाडौं । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी छ ।
हिजोदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मको कामको समीक्षा गर्ने छ । यसैगरी एमालेको आगामी कार्ययोजनासमेत बैठकले टुंगो लगाउने छ ।
महासचिव शंकर पोखरेलले हिजोको बैठकमै कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । महासचिवको कार्ययोजनामाथी आज सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
हिजोको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले २०८४ सालमा हुने आमनिर्वाचनमा पार्टी एक्लैले बहुमत ल्याउने गरी जनतामाझ खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । पोलिटब्युरो बैठकले केही नेताहरुलाई जिम्मेवारीसमेत दिएर कार्यक्षेत्रमा खटाउने तयारी गरेको छ ।