संसदीय सुनुवाइ : रुसका लागि प्रस्तावित राजदूतका यस्ता छन् प्राथमिकता

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय सुनुवाइ : रुसका लागि प्रस्तावित राजदूतका यस्ता छन् प्राथमिकता

काठमाडौं । रुसी महासंघका लागि प्रस्तावित राजदुत जंगबहादुर चौहानले गैरआवासी नेपाली र रुससँगको सहयोग, सद्भाव र सहकार्यलाई साथमा लिएर नेपाल-रुस सम्बन्त्रको कामलाई अगाडि बढाउने बताउनु भएको छ ।

मन्त्रिपरिषदबाट सिफारिस भएका प्रस्तावित राजदूतहरुको सुनुवाइमा चौहानले आफू राजदूत भएर जाँदा के-कस्ता विषयलाई प्राथमिकतामा राख्ने भन्नबारे कार्ययोजना प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।

साथै उहाँले रुसी सेनामा गएकालाई फिर्ता ल्याउन, मृत्यु भएकाको शव पहिचान गर्न र क्षतिपूर्ति दिलाउन चुनौति रहेपनि त्यसको लागि पहल गर्ने बताउनु भएको छ । नेपाल र रुसका विश्वविधालय, प्रज्ञा प्रतिष्ठान र दुवै देशका स्थापित कवि लेखक कलाकार र संस्कृतिविद्हरुको सम्बन्त्र स्थापित गर्न सहकार्य गर्ने पनि बताउनु भएको छ ।

दुवै देशका पर्यटन व्यवसायीहरुबीच अन्तक्रिया र सहकार्य गरी पर्यटन प्रवर्दधनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा आफ्नो सक्रियता रहने समेत उहाँको प्रतिवद्धता छ ।

यससँगै चौहानले नेपालको राष्ट्रिय हितमा नेपाल-रुस सम्बन्धलाई अगाडी बढाउन नेपाल सरकारको निर्देशनाअनुसार आफ्नो क्षमतालाई देखाउनु तयारी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement