कान्तिपुरकर्मी सुशीला पाठक पुरस्कृत

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी सुशीला पाठक पुरस्कृत

विराटनगगर । कान्तिपुरकर्मी सुशीला पाठक खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा भएको कार्यक्रममा पिताम्वर–खिलेश्वरी प्रतिष्ठानद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट पाठकलाई सम्मान गरिएको हो ।

स्वच्छ, मर्यादित, एवं उत्तरदायी पत्रकारिताको विकास तथा विशिष्टीकरणमा पुर्‍याएको योगदानको कदर स्वरुप पाठकलाई सम्मान गरिएको हो ।

उहाँलाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र प्रतिष्ठानकी अध्यक्ष रेणुकादेवी रेग्मीले सम्मान पत्रका साथ नगद ११ हजार रुपैयाँ प्रदान गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पत्रकारिता पेसा मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिनु भयो । उहाँले पत्रकारिता सत्य र तथ्यमा आधारित भएर मात्रै गर्नुपर्ने बताउनु भयो ।

पिताम्बर–खिलेश्वरी प्रतिष्ठानले २०४५ सालदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । नेपाल पत्रकार महासंघ मोरङले प्रत्येक दुई वर्षमा पुरस्कार वितरण गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.