दाङमा इनार सफा गर्ने क्रममा निसास्सिएर २ जनाको मृत्यु

भाद्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा इनार सफा गर्ने क्रममा निसास्सिएर २ जनाको मृत्यु

दाङ । दाङमा इनार सफा गर्ने क्रममा इनारमा फसेका दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउमा इनार सफा गर्नेक्रममा इनारमा फसेका तुलसीपुर-१३ दमारगाँउका ३८ वर्षका यमबहादुर नेपाली र १६ वर्षका मुकेश बिकको मृत्यु भएको तुलसीपुर-१३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिनु भयो ।

स्थानीय दुर्गा बिकको इनारमा फसेको सुचना प्राप्त भएपछि तत्कालै पुगेको प्रहरीले उनिहरुको उद्दार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमिल्सीनाले जानकारी दिनु भयो ।

गम्भिर घाइते दुबै जनाको उपचारका क्रममा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । इनार गहिरो भएकोले अक्सिजन कमी हुँदा निसास्सिएको प्रहरीको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.