संसद् बैठकअघि सभामुखले सचेतकहरूसँग छलफल गर्दै

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् बैठकअघि सभामुखले सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतकहरूसँग छलफल गर्नुहुनेछ ।

सभामुख घिमिरेले सचेतकहरूलाई छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाउनु भएको हाे।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरू हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । 

त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबीच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.