मलेखु नजिकै पहरेघाट खण्डको पहिरो हटाइयो, सडक सुचालु

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मलेखु नजिकै पहरेघाट खण्डको पहिरो हटाइयो, सडक सुचालु

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत मलेखु नजिकै हिजो राति पहरेघाटमा पहिरो जाँदा अबरुद्ध बनेको पृथ्वीराजमार्ग सुचालु भएको छ ।

धादिङको गजुरी नजिकै मलेखु स्थित पहरेघाटमा सुख्खा पहिरो जादा सडक अबरुद्ध भएपछि गएरातिदेखि नै सवारीसाधन रोकिएका थिए ।

राति साँढे ९ बजे गएको पहिरो निर्माणाधीन सडक आयोजनाको मेसिनले पन्छाएपछि सडकको अवरोध हटेको स्थानीय निरन्जन कणेलले जानकारी दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.