चितवन । चितवन प्रशासनले सिमलताल दुर्घटनामा मृत्यु भएका र बेपत्ताहरूको तथ्यांक र अन्य प्रशासनिक काम सकेर आवश्यक कागजातसहित भुक्तानीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउन सुरु गरेको छ ।
सरकारले दुर्घटनामा मृत्यु भएका र बेपत्तालाई समेत मृतकसरह मानेर राहत दिने निर्णय गरेकाले सोहीअनुसार कागजात तयार पारेर भुक्तानीका लागि सम्बन्धित प्रशासन कार्यालयमा पठाउन लागिएको हो ।
हराइरहेका बसको खोजीमा सघाउन आएको भारतीय प्राविधिक टोली पनि आज फर्किएको छ । सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोजी गरे पनि केही पत्तो नलागेपछि भारतीय टोली फर्किएको हो । तर नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राख्नेछन् ।
यो पनि...
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो