कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । वीर अस्पतालमा उपचाररत कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मेयर नकर्मीको बिहीबार राति निधन भएको कीर्तिपुर नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले उहाँको निधनको शोकमा आज एक दिन नगर क्षेत्रभित्र स्थानीय शोक बिदा गर्ने भएको छ ।

मेयर नमर्की लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित हुनुहुन्थ्यो । लामो समयदेखि डायलिसिस गराउँदै आउनु भएका नकर्मीको स्वास्थ्य अवस्था पछिल्लो १ महिनायता बिग्रिँदै गएको थियो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित हुनु भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.