लोकगायक एलपी जोशीको निधन

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकगायक एलपी जोशीको निधन

काठमाडौं । लोकगायक एलपी जोशीको निधन भएको छ । ८८ वर्षका गायक जोशीको बिर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा बिहीबार साँझ झापामा निधन भएको हो ।

परिवार स्रोतका अनुसार जोशी बेलुकीको खाना खाए पछि अकस्मात् बेहोस हुनु भएको थियो । अस्पताल पुर्‍याए लगत्तै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

गायक जोशीका रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर..., निगालो घारीमा च्याखुरा नाच्यो, कान्छी मट्याङमट्याङ् र खिपीमा खिपी बिनायो बाजाजस्ता गीतहरू चर्चित छन् । 

शुक्रबार ११ बजे झापाको कन्काई माईमा जोशीको दाहसंस्कार गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.