विमान दुर्घटनामा परेका घाइते पाइलटको अवस्था 'खतरामुक्त'

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विमान दुर्घटनामा परेका घाइते पाइलटको अवस्था 'खतरामुक्त'

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म 'खतरामुक्त' रहेको छ ।

आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुभएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार क्याप्टेन शाक्य बोल्ने अवस्थामा हुनुहुन्छ भने उहाँको शरीरमा जलन देखिएको छैन । पाइलट शाक्यको शरीरमा चोटमात्र देखिएको अवस्था छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

३५ वर्षीय शाक्य २०७७ माघदेखि सौर्य एयरलाइन्सको सञ्चालन निर्देशक हुनुहुन्छ । फिलिपिन्सबाट पाइलटको प्रारम्भिक तालिम सकेर आएपछि सन् २००९ मा उहाँले नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स पाउनु भएको थियो ।

तत्कालीन गुण एयरलाइन्सबाट को-पाइलटका रुपमा काम थाल्नु भएका उहाँ सौर्य एयरलाइन्समा सन् २०१४ देखि कार्यरत हुनुहुन्छ । सन् २०१६ मा तालिमका लागि अमेरिका गएर पाइलटको लाइसेन्स लिनु भएको थियो ।

सन् २०१७ देखि उहाँले क्याप्टेनका रुपमा सौर्यको जेट इन्जिन जहाज उडान गर्न थाल्नु भएको थियो । २०१८ मा कम्पनीको ट्रेनिङ म्यानेजर पदमा नियुक्त भएपछि समग्र चालक दलको तालिम व्यवस्थापन गर्दै आएकोमा २०७७ देखि सञ्चालन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement