विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगियो

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगियो

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ । केहीबेरमा शवको पोस्टमार्टम गर्ने तयारी भैरहेको छ ।

मृतकका आफन्त पनि अहिले अस्पतालमा पुगेका छन् ।

सौर्य एयरलाइन्सको जहान आज (बुधबार) बिहान ११ :११ बजेट दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त सौर्य एयरको विमानमा रहेका १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।

विमानका पाइलट मनिषरत्न शाक्यको भने उद्धार गरी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ । विमानमा सवार सबै सौर्य एयरकै कर्मचारी रहेको जनाइएको छ ।

विमानमा रहेका सहचालक एस कटुवालको पनि मृत्यु भएको छ । विमानमा रहेका अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको छ ।

त्यसैगरी उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement