काठमाडौं । त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । विमानमा १९ जना रहेकोमा ४ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । जहाज पूर्णरुपमा क्षतविक्षत भएको छ ।
विमानका क्याप्टेन मनिषरत्न शाक्य र सहक्याप्टेन एस कटुवाल छन् । त्यसैगरी, विमानमा रहेका अन्य १७ जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा छन् ।
त्यसैगरी उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा छन् । यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।