बंगलादेशमा रहेका विद्यार्थीलाई सरकारको आग्रह- सहयोग चाहिए दूतावासमा सम्पर्क गर्नू

श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशमा रहेका विद्यार्थीलाई सरकारको आग्रह- सहयोग चाहिए दूतावासमा सम्पर्क गर्नू

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सरकारले सहयोग चाहिए त्यहाँस्थित दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै कुनै सहयोग आवश्यक परे ढाकामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको हो ।

परराष्ट्रले तत्कालै थप कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तले दूतावासका द्वितीय सचिव योजना बम्जनलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रुपमा सचेत रहेको पनि जनाएको छ ।

हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.