कृत्रिम जलाशयमा डुबेर किशोर बेपत्ता

असार ३०, २०८१ |अमर क्षितिज भण्डारी
कृत्रिम जलाशयमा डुबेर किशोर बेपत्ता

दाङ । दाङको घोराही उपमहानगरपालिका १८, गिठेपानीस्थित जलाशयमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका १८, रझेनामा डेरा गरी बस्ने प्युठान माण्डवी गाउँपालिका २, मर्कावाङ १४ वर्षीय किरण पुन बेपत्ता भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

आइतबार दिउँसो साथीहरुसँग ड्याममा पौडी खेल्न गएको अवस्थामा किरण पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी प्रमुख केसीको भनाइ छ । बेपत्ता किशोरको नेपाल प्रहरी र नेपाली सेनाद्वारा खोजी कार्य भइरहेको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement