च्याउ खोज्न गएका ३ महिला बाघको आक्रमणबाट घाइते

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याउ खोज्न गएका ३ महिला बाघको आक्रमणबाट घाइते

दाङ । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट ३ महिला घाइते भएका छन् । 

घाइते हुनेमा तुलसीपुर-९ बेलुवा निवासी ४५ वर्षीय कमला केसी, सोही ठाउँकी ५२ वर्षीय सीताकुमारी भण्डारी र १८ वर्षीय सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

निरीक्षक भण्डारीका अनुसार तुलसीपुर-९ मा रहेको नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरूलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका तीनै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

बाघ भने जंगलतर्फ भागिसकेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement